नियम
स्थान परिवर्तनको सूचना दिनु पर्ने
(१) कुनै दर्ता भएको व्यक्तिले आफ्नो कारोबारको स्थान परिवर्तन गर्नु पर्ने भएमा त्यस्तो परिवर्तन गर्नुभन्दा पन्ध्र दिन अगावै सो कुराको जानकारी सम्बन्धित कर अधिकृतलाई दिनु पर्नेछ
(२) उपनियम (१) बमोजिमको सूचना प्राप्त भएपछि सम्बन्धित कर अधिकृतले परिवर्तन हुने कारोबार स्थान अर्को कर कार्यालयको कार्य क्षेत्रभित्र पर्ने देखेमा सम्बन्धित कार्यालयलाई सो कुराको जानकारी त्यस्तो सूचना पाएको मितिले सात दिनभित्र दिनु पर्नेछ ।